नियम १३
समिति सम्बन्धी व्यवस्था

(१) सेवा कोषको व्यवस्थापन तथा सञ्चालन गर्नको लागि एक सेवा कोष व्यवस्थापन तथा सञ्चालन समिति रहनेछ ।
(२) समितिमा देहायका सदस्यहरु रहनेछन्ः–
(क) सचिव, महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय – अध्यक्ष
(ख) सहसचिव, अर्थ मन्त्रालय – सदस्य
(ग) सहसचिव, गृह मन्त्रालय – सदस्य
(घ) सहसचिव, प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय – सदस्य
(ङ) सहसचिव, स्थानीय विकास मन्त्रालय – सदस्य
(च) सहसचिव, महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय – सदस्य

(छ) महानिर्देशक, महिला विकास विभाग – सदस्य
(ज) प्रतिनिधि, राष्ट्रिय महिला आयोग – सदस्य
(झ) प्रहरी नायव महानिरीक्षक, महिला बालबालिका सेवा निर्देशनालय, प्रहरी प्रधान कार्यालय – सदस्य
(ञ) मन्त्रालयले तोकेको सेवा केन्द्रको एक जना प्रतिनिधि – सदस्य
(ट) उपसचिव (कानून), महिला, बालबालिका तथा समाजकल्याण मन्त्रालय – सदस्य– सचिव
(३) समितिको बैठक सम्बन्धी कार्यविधि सो समिति आफैले निर्धारण गरे बमोजिम हुनेछ ।
(४) समितिको प्रशासनिक खर्च सेवा कोषबाट व्यहोरिने छ ।
तर सो खर्च सेवा कोषको कूल बजेटको दश प्रतिशत भन्दा बढि हुने छैन ।
(५) समितिको सचिवालय मन्त्रालयमा रहनेछ ।